बाजुराका डाक्टर विश्वकर्मालाई मानव अधिकार पुरस्कार
काठमाण्डाै – अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २६ औँ मानव अधिकार पुरस्कार डा. रूपचन्द्र विश्वकर्मालाई प्रदान गरेको छ ।
मङ्गलबार मानव अधिकारवादी योद्धा स्व. प्रकाश काफ्लेको २८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. विश्वकर्मालाई २६ औँ मानव अधिकार पुरस्कार २०७६ प्रदान गरिएको हो । बाजुराकाे बूढीनन्दा नगरपालिका ५ का स्थायी बासिन्दा डा. विश्वकर्मा बाजुरा जिल्लाका नागरिकको स्वास्थ्य सेवामा सर्मपित व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ ।
गएकाे तीन वर्षदेखि बाजुरामा रही नागरिकको स्वास्थ्य सुधारका लागि पहलकदमी लिँदै दुर्गम जिल्लाकाे स्वास्थ्य सेवा सुधार र विपन्न वर्गको पहुँच अभिवृद्धिको काम गरिएको भन्दै उहाँलाई सम्मान गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताउनुभयो ।
तीन वर्षअघि बाजुरा विमानस्थलमा भएको हवाई दुर्घटनाका घाइतेलाई उद्धार गरी सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा जहाजभित्रै आपत्कालीन उपचार गरी घाइतेलाई बचाएपछि उहाँको चर्चा देशभरि भएको थियो । सम्मानपछि डा. विश्वकर्माले यो सम्मान आफ्नो मात्रै सम्मान नभइ बाजुरा जिल्लामा बस्ने सम्पूर्ण स्वास्थ्यकर्मी र अस्पतालको नै सम्मान भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक अध्यक्ष सुशील प्याकुरेलले पहिले आर्थिक, सामाजिक अधिकारको कुरा गर्दा प्रजातन्त्र, लोकतन्त्रवादी हुँदैनन् भन्ने जमानालाई तोड्दै आफूहरू मानव अधिकारको क्षेत्रमा अघि बढिरहेको बताउनुभयो ।
इन्सेकले मानव अधिकारको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


