शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह
काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।
सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्रसमेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ ।
यसअघि शिक्षा तथा मानव स्रोत केन्द्रले कोरोनाविरुद्धको खोप लगाउने विषयमा तथ्याङ्क सङ्कलन गरिसकेको छ ।
सरकारले दोस्रो चरणमा विदेशी दूतावास, कुटनीतिक नियोगमा कार्यरत तथा पत्रकारलाई खोप लगाउन सुरु गरिसकेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


