नक्कली डाक्टर बनेर प्रमाणपत्रको सिफारिस गरिदिने एक जना पक्राउ
काठमाण्डाै – नक्कली डाक्टर बनेर नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रको सिफारिसमा हस्ताक्षर गर्ने एक जना पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाणपत्रको लागि निवेदन दिने क्रममा काउन्सिलमा स्थायी दर्ता भएको डाक्टरको हस्ताक्षर चाहिने व्यवस्था छ ।
डाक्टर कृष्ण रिजालको सिफारिस फारामको अन्त्यमा अर्घाखाँचीका जितेन्द्र पन्थीले मेडिकल काउन्सिलको दर्ता नम्बर २३६४ लेखेर हस्ताक्षर गरिदिएका थिए । उनको हस्ताक्षर र काउन्सिलको दर्ता नम्बरमा शङ्का लागेर अनुसन्धान गर्दा उनले डाक्टर बनेको नक्कली प्रमाणपत्र लिएको र सिफारिस गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


