अमेरिकाको संसद भवनमा भएको आक्रमणको छानबिन हुने
काठमाण्डाै – अमेरिकाको संसद भवनमा भएको हिंसात्मक आक्रमणको अनुसन्धानका लागि स्वतन्त्र आयोग गठन हुने भएको छ ।
गएको जनवरी ६ तारिखमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबाट भएको हिंसात्मक आक्रमणको स्वतन्त्र छानबिन हुने अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले बताउनुभयो ।
संसद भवनमा भएको आक्रमण किन र कसरी भयो भन्ने सत्यतथ्य थाहा पाउनु पर्ने उहाँको भनाइ छ । संसद भवनमा भएको हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित ५ जनाको ज्यानको थियो भने यो ट्रम्पकै उक्साहटमा आक्रमण भएको आरोप लागेको थियो ।
अमेरिकाको माथिल्लो सदन सिनेटले संसद भवनमा भएको आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पलाई लागेको महाभियोगबाट उन्मुक्ति दिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


