सेना विरोधी अभिव्यक्ति दिएको भन्दै म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत बर्खास्त
काठमाण्डाै – म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्याेउ मोइ टन बर्खास्त हुनुभएकाे छ ।
सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो ।
राजदूत टनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारलाई सत्ता फिर्ता गर्नुपर्ने र सेनाले गलत काम गरिरहेको भनेर अभिव्यक्ति दिनुभएको थियो । चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले नेतृ आङ सान सुकीसहितका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सैन्य शासन लागू गरेको छ ।
म्यानमारमा एक वर्षको लागि सङ्कटकालको घोषणा गरिएको छ । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शनहरु भइरहेका छन् । हिजोमात्रै त्यहाँको सरकारले दर्जनभन्दा धेरै व्यक्तिलाई पक्राउ गरेको छ भने सेनाको गोली लागेर एक महिला गम्भीर घाइते भएकी छिन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


