नाइजेरिया : अपहरणमा परेका सयाैँ छात्रा रिहा
काठमाण्डाै – नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै तीन सय छात्रा रिहा भएका छन् ।
त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लिएर गएका थिए ।
जाम्फारा राज्यका गभर्नर बेले मटावाले ट्वीट गर्दै भन्नुभएको छ, ‘अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा मलाई निकै खुसी भइरहेको छ ।’
अधिकारीहरूले कुल दुई सय ७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या तीन सय १७ बताए पनि त्यो सही नभएको बताएका छन् ।
केही छात्रा अपहरणमा परेपछि भाग्न सफल भएका कारण सङ्ख्यामा गडबडी भएको एक अधिकारीले बताएका छन् ।
सरकार र अपहरणकर्ताबीच भएको कुराकानीपछि छात्राहरुको रिहाइ सम्भव भएको एक अधिकारीले बताएका बीबीसीमा उल्लेख छ ।
नाइजेरियामा हतियारधारी समूहले फिरौतीकै लागि अपहरण गर्दै आएका छन् ।
गएको डिसेम्बरमा नाइजेरियाको कत्सिना राज्यमा बन्दुकधारीले तीन सयभन्दा धेरै छात्रको अपहरण गरेका थिए, छलफलपछि अपहरणमा परेका छात्रलाई रिहा गरिएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


