‘वेटिङ प्रधानमन्त्री’ भए पनि प्रधानमन्त्रीको दौडमा छैन : देउवा
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।
आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभयो ।
सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोमा आफू नफस्ने भन्दै उहाँले संसदमा नेकपा कसरी प्रस्तुत हुन्छ त्यसैबेला कांग्रेसले उपयुक्त निर्णय लिने बताउनुभयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले नेतृत्वलाई सरकारमा जान नहतारिन सुझाव दिँदै आएका छन् ।
हिजो सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकारमा जान नहतारिन भन्दै सरकारमा गएमा पनि कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्ने सुझाव दिएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुभएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


