पानी परेपछि प्रदूषण घट्यो, ठूलो पानी नपरेकाले छ्याङ्गै खुल्न सकेन
काठमाण्डौ – काठमाण्डौसहित देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण केही घटेको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ ।
वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
पानी पर्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घटेको मौसमविद्को भनाइ छ । आजदेखि मौसम केही सफा भए पनि पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
भोलिदेखि पानी पार्ने प्रणाली कमजोर हुने र डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण कायमै रहने उहाँले बताउनुभयो ।
उहाँकाअनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पानी परेको हो । तराइमा अझै पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण नहट्ने उहाँको भनाइ छ । आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
अहिलेकाे प्रदूषणकाे अवस्था हेर्न यहाँ क्लिक गर्नुहोस् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


