एकैदिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
काठमाण्डाै – सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन भाउमा उतारचढाव आउने उहाँले बताउनुभयो ।
विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा आज सुनकाे भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२ सय १० रुपैयाँ पुगेको छ । हिजो ११ सय ९५ रुपैयाँ थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


