राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज १० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । त्यसमा आठ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ ।
यो बिल आउँदाे असार २९ गते परिपक्व हुनेछ । यस्तै दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल भने १८२ दिनका लागि हो । यो बिल भने आउँदो असोज २६ गते परिपक्व हुनेछ ।
बैंकले यसअघि यही चैत २३ गते समेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


