सर्वाेच्चकाे फैसला : सर्वोच्चको न्यायाधीश बन्न नहकुल सुवेदीको योग्यता पुग्छ
काठमाण्डाै – सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला सुनाएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा १२ वर्षभन्दा बढी अवधि काम गरेकाले संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला गरेको हो ।
संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सह–सचिवस्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।
यसअघि गएको शुक्रवार सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको थियो ।
सुवेदी न्याय परिषदबाट फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस हुनुभएको हो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


