लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिए
रुपन्देही – प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै लुम्बिनी प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुन मन्त्री र सामाजिक विकास मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । दुवै जना नेकपा माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री बनेका थिए ।
यसअघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ ।
अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


