काेराेनाकाे ‘नक्कली’ रिपाेर्ट : एक सय २२ जनालाई एअरलाइन्सले फिर्ता पठायाे
काठमाण्डाै – काठमाण्डौको सूर्या ल्याबमा कोरोना परीक्षण गराएको रिपोर्ट देखाएर विदेश जान लागेका एक सय २२ जनालाई विभिन्न एअरलाइन्सले फिर्ता पठाइदिएका छन् ।
सूर्या ल्याबको रिपोर्ट बोकेर विदेश जान लागेका एक सय २२ यात्रुलाई एअरलाइन्स कम्पनीले नै फिर्ता पठाइदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । सूर्या ल्याबले नौ हजार रुपैयाँ लिएर स्वाब नै नलिइकन नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि त्यहाँबाट रिपोर्ट लिएर विदेश जान लागेकाहरूलाई फिर्ता पठाइएको हो ।
मङ्गलवार (हिजो) सूर्या ल्याबमा छापा मार्दा नौ हजार रुपैयाँ लिएर स्वाब परीक्षण विना नै कोरोना नेगेटिभ रहेको रिपोर्ट दिने गरेको भेटिएको थियो । सूर्या ल्याबका ६ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ भने ल्याबमा सिलबन्दी गरिएको छ ।
सूर्या ल्याबको रिपोर्टका आधारमा विदेश जान समस्या रहेको भन्दै सचेत रहन विमानस्थलले आग्रह गरेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


