विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण, विवाह घरकै एकजना भेन्टिलेटरमा
काभ्रे । जिल्लाको खोपासीमा भएको विवाहमा सहभागी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।
पनौती नगरपालिका–१० का ११ जना महिला र ४ जना पुरुष तथा वडा नम्बर ८ का १ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएका सबै वैशाख ११ गतेको विवाहमा सहभागी भएका थिए । संक्रमित मध्ये विवाह घरकै एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अरु सबै होम आइसोलेशनमा छन् ।
संक्रमित हुनेहरूमा १७ वर्षदेखि ८४ वर्ष उमेर समुहसम्मका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


