आफ्ना नागरिकलाई जति सक्दाे छिटाे भारत छाड्न अमेरिकाकाे आग्रह
काठमाण्डाै – भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई भारत छाड्न आग्रह गरेको छ । अमेरिकाले जति सक्दो छिटो आफ्ना नागरिकलाई भारत छोड्न एड्भाइजरी जारी गरेको छ ।
अमेरिकाले भनेको छ, ‘भारतमा कोरोना सङ्कट यसरी बढेको छ कि त्यहाँ औषधि तथा उपचार पद्धति असफल जस्तै बनेको छ ।’ दिनप्रतिदिन कोरोनाका बिरामीको ज्यान जाने सङ्ख्या बढेको तथा नयाँ बिरामीले उपचारका लागि शय्या पाउन छोडेकाे भन्दै अमेरिकाले त्यहाँ रहेका नागरिकलाई एड्भाइजरी जारी गरेको हो ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाको सङ्कटसँग जुधिरहेको भारतलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
‘काेभिडकाे बढ्दाे सङ्क्रमणबाट मेडिकल सुविधा ध्वस्त भएकाे छ’, अमेरिकाले जारी गरेकाे एड्भाइजरीमा भनिएकाे छ । आफ्ना नागरिकहरू भारतबाट आउने फ्लाइटमा सिधै आउन सक्ने अमेरिकाले जनाएकाे छ ।

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


