बेड अभावमा एक संक्रमितको मृत्यु
रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आज एक जना संक्रमितको बेड अभावमा मृत्यु भएको छ । आईसीयू बेड नपाएपछि बुटवल ११ का ८३ वर्षीय पुरुष्ले ज्यान गुमाएका हुन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १५ गते स्वाव संकलन गरिएकोमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
पोजेटिभ आएसंगै बेडको प्रतीक्षामा इमर्जेन्सीमा अक्सिजनको सहायतामा राखिएकामा उनको शुक्रवार बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए । उनका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्यधिक भीड भएपछि हाल फिभर क्लिनिकसहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


