हिमाल सफा गर्दा हेलिकप्टरको अवशेष भेटियो
काठमाण्डाै – हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । धौलागिरि आधार शिविरबाट झन्डै एक किलोमिटर पर इटाली आधार शिविरतर्फ 9N-ACR लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको नेतृत्वमा भइरहेको सफा हिमाल अभियान २०२१ चलिरहेको छ । सन् २००६ मा दुर्घटना भएको एअर डाइनेस्टी हेलिकप्टरको अवशेष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको पनि सेनाले जनाएको छ ।

यस्तै धौलागिरि आधार शिविर नजिकै हिमालमा प्रयोग हुने सामग्रीसहित दुई वटा मानव शवको अवशेष पनि भेटिएको र शव पहिचानको काम भइरहेको सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमाल सरसफाइका लागि सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म कुहिने र नकुहिने गरी पाँच हजार एक सय ५४ किलो फोहर सङ्कलन गरिसकेको सेनाले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


