१० दिन क्वरेण्टीन बस्ने पालिकाको सिफारिसमा काठमाण्डाै उपत्यका छाड्न पाइने
काठमाण्डाै – सम्बन्धित पालिकाले १० दिन क्वरेण्टीनमा बस्ने सिफारिस दिएपछि काठमाण्डौ उपत्यकाबाट बाहिर जान पाइने भएको छ ।
निषेधाज्ञा लम्ब्याउन बसेको काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रूपले १० दिन क्वरेण्टीन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा जान दिने निर्णय गरेको हो ।
काठमाण्डौ उपत्यकाबाट गएर पुग्ने सम्बन्धित पालिकाले सिफारिस दिएमा उपत्यका छाड्न दिने निर्णय भएको काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


