दाङकाे तुलसीपुरमा ‘अटाे एम्बुलेन्स’ सेवा सुरु
दाङ – काेराेना सङ्क्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन दाङको तुलसीपुरमा शुक्रवार (आज) देखि सहरी क्षेत्रमा तीन पाङ्ग्रे अटो गाडीलाई एम्बुलेन्स सुरु भएको छ । बजार क्षेत्रमा बिरामीहरूलाई सास्ती भएको गुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँगकाे समन्वयमा अटो एम्बुलेन्स सन्चालनमा ल्याएको हो ।
अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने उमहानगरपालिकाले विश्वास लिएकाे छ ।
कोरोना सङ्क्रमित बिरामी बाेक्न वडाध्यक्ष चढ्ने गाडी
दाङको गढवा गाउँपालिकाका एक वडाध्यक्षले कोरोना सङ्क्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराउनुभएकाे छ । गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी जीप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराउनुभएको हो ।
कोरोना सङ्क्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर सङ्क्रमितलाई अस्पताल पुर्याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
यसैबीच दाङको देउखुरी उद्याेग वाणिज्य सङ्घले आफ्नो एम्बुलेन्स कोरोना अस्पताल लमहीलाई प्रदान गरेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


