कोरोनाका कारण अदुवा र अलैँचीको निकासी ठप्प
काठमाण्डाै – कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारणमै थन्किएका छन् ।
निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैँची र अदुवाको निर्यात ठप्प भएको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य राम्रो पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि बन्द छन् ।
अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउनुहुन्छ । घिमिरेका अनुसार अबको तीन महिनामा नयाँ अलैँची उत्पादन हुन्छ । नयाँ अलैँची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन ।
अहिले भारत अलैँचीको मुख्य बजार हो । तर, कोरोनाका कारण अलैची बिक्री हुन सकेको छैन । अलैँचीजस्तै अदुवा निकासी हुने मुख्य सिजन पनि यही हो तर निकासी शून्य छ ।
बाढी अपडेट : ११ सय २७ जनाको शव फेला
भदौ १७, २०८३
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार विहान पाँचबजे सम्म १ हजार १ सय २७ जनाको शव फेला…


