‘खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार हो’ : प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार भएको आरोप लगउनुभएको छ ।
खनाल–नेपाल समूहका नेताहरुले निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको भन्दै उहाँले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताउनुभयो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पुर्याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि पनि जनाउनुभएको छ । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षदेखि मानिसलाई गम्भीर प्रकारका आरोपहरु लगाइरहेको पनि बताउनुभयो । प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएको उहाँको आरोप छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


