सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन
काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । मल्लको उपचारको क्रममा काठमाण्डौको निदान अस्पतालमा आज बिहान निधन भएको हो ।
उहाँ लामो समयदेखि निमोनिया र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो । मल्ललाई २०७४ सालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो। पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका मल्ल कांग्रेसमा प्रवेश गरेर कांग्रेस महासमिति सदस्य समेत बन्नुभएको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


