बहराइनका राजकुमार लिन विशेष जहाज काठमाण्डौ आउँदै
काठमाण्डाै – सगरमाथा आरोहणको लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाण्डौ आउँदैछ ।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज बेलुकी साढे पाँच बजे काठमाण्डौ आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ ।
सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । यो टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ । सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुराेमा पुगेको हो ।
बहराइनका राजकुमार खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


