हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर
सिमकोट, स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक सङ्क्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो । दुर्गममा कोरोना सङ्क्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरी ल्याइएको कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
यसअघि जिल्ला अस्पतालमा तीनवटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सक्ने जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले जानकारी दिए । बाह्र जनासम्म कोरोनाका बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता अस्पतालसँग भएको बताइएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


