पसल खोल्न दिएर उपत्यकामा निषेधाज्ञा थप्नुपर्ने तीन सीडीओको निष्कर्ष, अन्तिम निर्णय भोलि
काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।
यद्यपि, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज उपत्यकाको अवस्थाबारे छलफल भयो, पर्सिसम्म समय भएकाले निर्णय चाहिं भइसकेको छैन । यो विषय अब भोलि टुंगिन्छ ।’
कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


