विश्वमा सन् २०२२ सम्ममा बेरोजगारीको सङ्ख्या बढेर २० करोड ५० लाख पुग्ने
काठमाण्डाै – अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।
यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताउनुभयो । यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उहाँले बताउनु भएको छ ।
संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


