‘अक्सिजन अभावले ८ जनाको मृत्यु हुनुमा सरकारको लापर्बाही’
पोखरा — गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावका कारण केही दिनअघि सुत्केरी महिलासहित ८ जनाको मृत्यु भएको प्रति प्रदेश सरकार गम्भीर नभएको आरोप सांसदहरूले लगाएका छन् ।
प्रदेशसभाको बुधबारको बैठकमा कांग्रेस सांसद ओमकला गौतमले प्रदेश राजधानीमै सुत्केरी महिलाले अक्सिजन नपाएर ज्यान गुमाउन बाध्य हुँदासमेत सरकार जवाफदेही नभएको बताइन् । विपक्षी दलका सांसदहरूले प्रदेश सरकार पनि संघीय सरकारकै बाटोमा हिँडेको आरोप पनि लगाए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन अभावकै कारण गत बिहीबार र शुक्रबार ८ संक्रमितले ज्यान गुमाएका थिए । प्रतिष्ठानअन्तर्गत कोभिड डेडिकेटेड पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत तनहुँका ३, कास्कीका २, पर्वत, स्याङ्जा र म्याग्दीका १–१ जनाले ज्यान गुमाएका हुन् ।
जसपाकी सांसद धनमाया लामाले पनि पूर्वाधार विकास कार्यक्रम हटाउनु संसद् विघटन गर्ने लक्ष्यअनुरूप रहेको बताइन् । ‘अल्पमतले बहुमतको शासन गरेको छ,’ उनले भनिन्, ‘संसद् मध्यरातमा अन्त्य गर्ने, अविश्वासको प्रस्तावमाथि सामना नगर्ने, प्रदेश प्रमुख चेन्ज गर्ने, अध्यादेशबाट बजेट ल्याउने तयारी गर्नु दुःखदायी छ ।’
माओवादी केन्द्रकी मधु अधिकारी गुरुङले संघीयता धरापमा पार्न खोजिएको जनाइन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


