राजकिशोर यादवसहित ५ सांसद उपेन्द्र–बाबुरामको पक्षमा, ठाकुर–महतो पक्षलाई झट्का
जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षभित्र विवाद चुलिएको छ । राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा सहभागी भएपछि उक्त समूहमा विवाद चुलिएको हो । ठाकुरलाई लामो समयदेखि साथ दिँदै आएका नेता राजकिशोर यादवले असन्तुष्ट सांसदहरुको नेतृत्व गरेका छन् । यादवले आफूसहित ५ जना सांसदहरुको छुट्टै समूह बनाएका छन् ।
यादवनिकट स्रोतकाअनुसार ठाकुर पक्षका असन्तुष्ट सांसदहरु यतिवेला अर्का अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर सम्वादमा छन् । जसपा सरकारमा गए यादव पनि मन्त्री बन्ने चर्चा चल्दै आएको थियो । तर, अन्तिममा यादवलाई ठाकुर र राजेन्द्र महतोले रोकेका थिए । ठाकुर र महतोको यो कदमपछि यादव रुष्ट बनेका हुन् । तर, ठाकुर पक्षका नेताहरुले भने यादव असन्तुष्ट नरहेको र आफूहरुको साथमै रहेको दाबी गर्दै आएका छन् । ठाकुर पक्षमा २० जना सांसद थिए ।
तर, राजकिशोर यादवलगायत ५ जना सांसदले साथ छोड्ने भएपछि संसदीय दलमा पनि अब उपेन्द्र यादव पक्ष नै बहुमतमा पुग्ने भएको हो । जसपाको निर्णायक कमिटी कार्यकारिणी समितिमा भने यादव पक्षको स्पष्ट बहुमत छ । अहिले एक पक्षले अर्को पक्षलाई कारबाही गरेका छन् । दुवै पक्षको विवाद यतिवेला निर्वाचन आयोगमा पुगेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


