धितोपत्र बोर्डले भन्यो– ‘लहैलहैमा लागेर शेयरमा लगानी नगर्नुहोस्’
काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ ।
अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । यस्तै बजार बढेसँगै कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र यसको बारेमा अध्ययन भइरहेको जानकारी दिँदै बोर्डले लगानीकर्तालाई सचेत गराएकाे हाे ।
बाेर्डले लगानीकर्तालाई देशको आर्थिक अवस्था, प्रति–शेयर आम्दानी, प्रति–शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात, संस्थागत सुशासनको अवस्था समेतलाई ध्यानमा राख्न सचेत गराएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


