वाग्मती प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिँदै
काठमाण्डाै – वाग्मती प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


