सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
काठमाण्डाै – सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ ।
हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५५ रुपैयाँ तोकिएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


