खोटाङमा पुनर्निर्माण प्राधिकरणको लगानीमा बन्दै गरेको सडकको ढल जीर्ण
खोटाङ – खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम नसकिँदै ढल जीर्ण बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक लगानीमा बन्दै गरेको दिक्तेल–आहाले सडकको कालोपत्रे नहुँदै कुनामा बनाइएको ढल चर्किएर जीर्ण बनेको हो ।
विभिन्न खण्डमा ढल जीर्ण भएपछि स्थानीयबासिन्दाले गुणस्तरमाथि आशङ्का गरेका छन् । ढल निर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ साप सिरुवा जेभीले ढुङ्गा ठाडो पारेर पर्खाल लगाएको छ । निर्माण कम्पनीको अघिल्लो प्रतिनिधिले निर्माणका क्रममा गुणस्तरहीन ढुङ्गा प्रयोग गराएका कारण ढल जीर्ण बन्न पुगेको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताउनुभयो ।
चर्केको र फुटेको ढल पुनर्निर्माण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । दिक्तेल–आहाले सडक कालोपत्रेको म्याद सकिएको १० दिनपछि दिक्तेलबजारको अस्पताल चोकबाट आरसीसी ढलान सुरु गरिएको छ । अस्पताल चोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको प्रथम पटक थप भएको म्याद गएको वैशाख २९ गते सकिएको थियो ।
निर्माण कम्पनी याक्थुङहाङ साप रुवा जेभीले २०७६ साल चैत ७ गतेसम्मको सम्झौता म्याद गुजारेपछि गएकाे वैशाख २९ गतेसम्मका लागि म्याद थप गरिएको थियो । याक्थुङहाङ साप सिरुवा जेभीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


