पहिरोले थुनिएको सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
काठमाण्डाै – पहिरो गएपछि बिहान ६ बजेदेखि बन्द भएको सिद्धार्थ राजमार्ग अहिले एकतर्फी खुलेको छ ।
स्याङजा–पोखरा सडक खण्डको भालुपहाडमा बिहान ६ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो । केहीबेर अघिदेखि भने सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । भालुपहाडमा सडकलाई चौडा पार्ने काम भइरहेकै बेलामा पहिरो खसेको हो । यो सडकले स्याङजा,पाल्पा, पोखरा र बुटवललाई जोडेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


