जबरजस्ती करणी गरेको अभियोगमा तामाङ पक्राउ
नुवाकोट, ४ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चकन्या गाउँपालिका–३ स्यान्ताङडाँडा बस्ने ४५ वर्षीय कृष्ण बहादुर तामाङ बिहीबार दिउँसो पक्राउ परेका हुन् ।
तामाङले ती महिलालाई गत जेठ २९ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


