गरिमा विकास बैंकद्वारा केसीएल असट्युटको शेयर स्वामित्व खरिद
काठमाडौं, ४ असार । गरिमा विकास बैंकले केसीएल असट्युटको शेयर स्वामित्व खरिद गरेको छ । शेयर खरिद सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द ढकाल र केसीएलको तर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका छन् ।
गरिमा विकास बैंकले केसीएलको ५१।२० प्रतिशत शेयर स्वामित्व खरिद गरेको हो । सम्झौताअनुसार केसीएल अब गरिमा विकास बैंकको सहायक कम्पनी बनेको छ । साथै केसीएलले अब गरिमा क्यापिटलको नामबाट सेवा प्रदान गर्ने छ । केसीएल नेपाल धितोपत्र बोर्डबाट लाईसेन्स प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले लगानी ब्यबस्थापन सेवा प्रदान गर्दै आएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


