साउन ६ गते सार्वजनिक बिदा, खोपका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह
काठमाण्डाै – सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीको पवित्र पर्व इदको अवसरमा साउन ६ गते बुधवार देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै बैठकले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन मित्र राष्ट्र, विदेशी दाता र कम्पनीलाई आग्रह पनि गरेको छ । सकभर अनुदानमा खोप दिन तथा नेपालले खरिद गर्ने खोपलाई पनि प्राथमिकतामा राख्न सरकारले आग्रह गरेको छ ।
यस्तै मन्त्रिपरिषद्को बैठकले सिन्धुपाल्चोकको मेलम्ची र मनाङको बाढी प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


