कोरोनाबाट आज १८ जनाको मृत्यु
काठमाडौं, ८ साउन। कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज कोरोना भाइरसका २ हजार ९ सय ७७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको छ ।
आज १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


