जसपाको हेड काउन्टमा को कस्को पक्षमा (सुचीसहित)
काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टीको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जना अध्यक्ष उपेन्द्र यादवको पक्षमा देखिएपछि निर्वाचन आयोगले आधिकारिकता दिएको हो । आज आयोगले हेड काउन्ट गरी जसपा विवादको छिनोफानो लगाइदिएको हो ।
उपेन्द्र यादव पक्षमा उनीसहित डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादवलगायत नेताहरु रहे । अन्तिम समयमा अध्यक्ष महन्थ ठाकुर समूहका मनिशकुमार सुमन समेत यादव समूहमा देखिए ।
जसपा अध्यक्ष महन्थ ठाकुर समूहमा उनीसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलगायत देखिएका थिए ।
जेलमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसे ।
यादव पक्ष
१. उपेन्द्र यादव
२. डा. बाबुराम भट्टराई
३. अशोक राई
४. महेन्द्रराय यादव
५. राजकिशोर यादव
६. गोविन्द चौधरी
७. मृगेन्द्रकुमारसिंह यादव
८. नवलकिशोर साह
९. अमृतादेवी अग्रहरि
१०. रामनरेश राय यादव
११. राजेन्द्रप्रसाद श्रेष्ठ
१२. नवराज सुवेदी
१३. परशुराम खापुङ
१४. युवराज कार्की
१५. रकम चेम्जोङ
१६.रेणुकमारी यादव
१७. मो.लालबाबु राउत
१८. हिसिला यमी
१९. हेमराज राई
२०. गंगानारायण श्रेष्ठ
२१. रणध्वज कन्दङ्वा
२२. रामसहायप्रसाद यादव
२३. डम्मरुबल्लभ खतिवडा
२४. प्रकाश अधिकारी
२५. मो. इस्तियाक राई
२६. दुर्गा सोब
२७. परशुराम बस्नेत
२८. प्रशान्त सिंह
२९. भक्तबहादुर शाह
३०. सुशीला श्रेष्ठ
३१. विजयकुमार यादव
३२. रमेशप्रसाद यादव
३३. गजाधर रोहिता यादव
३४. मनीषकुमार सुमन
ठाकुर पक्ष
१. महन्थ ठाकुर
२.राजेन्द्र महतो
३ .शरतसिंह भण्डारी
४ .अनिलकुमार झा
५. सर्वेन्द्रनाथ शुक्ल
६. वृषेशचन्द्र लाल
७. जितेन्द्रप्रसाद सोनार
८. उमाकान्त झा
९. चन्दा चौधरी
१०. लक्ष्मणलाल कर्ण
११. राजकुमार लेखी
१२. केशवकुमार झा
१३. अकवाल अहमद साह
१४. दानबहादुर विश्वकर्मा
१५. सुनीलकुमार झा
१६. निर्जला राउत
तटस्थ
रेशम चौधरी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


