आजदेखि आरएमडिसी लघुवित्तको संस्थापक शेयर पुनः लिलामीमा
काठमाडौं, १९ साउन । आजदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाको सस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर आज (मंगलबार) देखि पुनः लिलामीमा ल्याएको हो । पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता ५ सय ६ रुपैयाँ मुल्य तोकेको हुनाले बोलकबोल गर्दा तोकिएका मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर माग गर्न सकिने जनाइएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


