बल्ल नियन्त्रणमा आयो बिस्कुटको कारखानामा लागेको आगो
काठमाडौं, साउन २३ । बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो अन्तत: नियन्त्रणमा आएको छ। बिहान २ बजेदेखि लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
उपत्यकाका सबै दमकल, प्रहरी, सेना र स्थानीय परिचालित गरिएपनि आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाटसमेत पानी फालिएका थियो ।
सिम्रिक एअरको हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको हो । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण आउँन बाँकी छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


