आज ३२ सय १८ संक्रमित थप, १९ जनाको मृत्यु
काठमाडौं, २३ साउन । आज नेपालमा कोरोना भाइरसका ३ हजार २ सय १८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लख १२ हजार ७ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १७ सय २२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६७ हजार २ सय ७० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १३ हजार ५ सय ७६ जनाको परीक्षणबाट उक्त संक्रमण पुष्टि भएको हो । त्यसैगरी कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


