रिम्सविरुद्धको खेलमा मेस्सीले पीएसजीबाट डेब्यू गर्दै
काठमाडौं, १ भदौ । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा रिक्सविरुद्धको खेलबाट डेब्यू गर्ने भएका छन् । मेस्सी हालै स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजीमा आएका थिए ।रिम्सविरुद्धको खेल आगामी अगस्ट २९ मा रिम्सकै घरेलु मैदानमा हुने छ । मेस्सीले हालै पीएसजीसँग दुई वर्षका लागी सम्झौता गरेका छन् ।
पीएसजीले अहिलेसम्म दुई खेल खेलीसकेको छ । मेस्सी अनुबन्धीत भएपछि पीएसजीले एक खेल खेलेको हो । तर, मेस्सी भने टीममा परेका थीएनन् । अब भने मेस्सीलाई पीएसजीको जर्सीमा खेलेको हेर्ने उनका फ्यानहरुको सपना पूरा भएको छ ।-
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


