पछिल्लो २४ घन्टामा २४ कोरोना संक्रमितको मृत्यु
६ भदौ । कोरोना संक्रमणबाट आज थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोना भाइरसका १ हजार ९ सय २० जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ४७ हजार ४ सय ३३ पुगेको छ । आज १ हजार ९ सय २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ५ सय १६ जनाको कोरोना परीक्षणमा १७ सय २ पिसीआर र २ सय १८ संक्रमण पुष्टि भएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


