झण्डै तीन किलो कोकिनसहित तीन विदेशी नागरिक पक्राउ
काठमाडौं । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


