एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय
१७ भदौ, नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ ।
संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो ।
एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


