रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


