मूर्ति सेलाएर फर्किदा जीप दुर्घटना, एकको मृत्यु, ६ घाइते
सप्तरी । सप्तरीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बस्ने ५० बर्षीय नारायण मोचीको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उक्त दुर्घटनामा सोही ठाउँका ४२ बर्षीय सन्तोष विक, २८ बर्षीय सुरेन्द्र ठाकुर, २४ बर्षीय सन्तोष साह, २० बर्षीय रामअबतार साह, १६ बर्षीय सुजन साह र ५० बर्षीय रामचन्द्र राम घाइते भएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


