संघीय सरकारकै कारण संघीयता सही ढंगले अघि बढ्न सकेन : मुख्यमन्त्री राई
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गरे।
बिहीवार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको आरोप लगाए।
‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन। अहिले पनि एक हिसाबले भन्ने हो केन्द्रीय प्रणालीजस्तो ढंगले नै अगाडि बढेको छ,’ उनले भने‚ ‘अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि जति दिनुपर्ने दिएको छैन।’
मुख्यमन्त्री राईले सानातिना कामहरु स्थानीयले गर्नुपर्ने, मझौला खालका प्रदेशले गर्नुपर्ने भए पनि संघीय सरकारले नै त्यस्ता काम गरिरहेको टिप्पणी गरे। उनले भने‚ ‘दुई/चार लाख रुपैयाँका योजनाहरु केन्द्रले अझै निरन्तरता दिइरहेको छ।’
यस्तै‚ मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्। उनले नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए। उनले प्रदेशको नामाकरण गर्न दुई तिहाई मतको आवश्यक पर्ने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुसँग पनि छलफल गर्ने र सहयोग पुर्याउन आग्रह गर्ने बताए।
‘अघिल्लो सरकाररले प्रदेशको नामाकरण गर्न सकेन भन्दा पनि प्रयास नै गरेन। प्रयास गरेको थियो भने नेकपा हुँदा आफैँमा दुई तिहाई सांसद थिए,’ उनले भने‚ ‘म यो तिहारपछि संसद शुरु भएदेखि नै नामलाई छलफल गराउने, संसदमा प्रवेश गराउने र प्रक्रियाद्वारा टुंगो लगाउने ढंगले जान्छु।’
यस्तै‚ अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्रोत खोजेर ठूलो बनाउने प्रतिवद्धता व्यक्त गरे।
‘अघिल्लो सरकारले थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,’ उनले भने‚ ‘त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा स्रोतहरु खेजेर ठूलो बनाउने प्रयास गर्छौं।’
मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताएका छन्। उनले भने‚ ‘बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्न योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमी कमजोरीहरुलाई हामी रोक्ने प्रयास गर्छौं।’
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam