विश्वकप क्रिकेट : सेमिफाइनलका खेल भोलि र पर्सि
काठमाडौं : टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्। समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्।
भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ।
यसअघि गएराति समूह दुईको भारत र नामिबियाबीचको खेलसँगै समूह चरणका खेल सकिएका छन्। अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिसकेको भारतले नामिबियामाथि प्रभावशाली जित निकालेको हो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam