पहिलो चरणमा शिवराजका ६५ हजार नागरिकलाई हैजाको खोप लगाइने
चन्द्रौटा ।
शिवराज नगरपालिकाका ६५ हजार नागरिकहरुलाई हैजा विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान अन्तर्गत यहि मंसिर ७ गतेदेखि १२ सम्म संचालन गरिने हैजा खोप अभियानका संचालन गरिने बताइएको छ ।
आज हैजा खोप अभियानको लागि पालिका स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । शिवराज नगरपालिका का ११ वटै वडाका वडा अध्यक्ष सहित नगरकाका सरोकारवालाहरु बिच भएको कार्यक्रममा हैजा खोप र यसको प्रभावकारिता बारे छलफल भएको थियो ।
नगरमा १० हजार मात्र खोप संकलन गर्ने क्षमता हुदाँ अन्य खोप संकलनको लागि जिल्ला सँग सहकार्य गरिने बताइएको छ । प्रत्येक दिनमा ४३ वटा खोप केन्द्र वाट खोप कार्यक्रम संचालन हुने नगरपालिकाले जनाएको छ । खोप लगाउन स्वास्थ्यकर्मी लगाएतलाई खटाईने स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनुभयो ।
नगरप्रमुख नेत्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि,सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam